काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ५१३ जना महिला र ७१६ पुरुष गरी कूल १ हजार २२९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ९६५ जना, भक्तपुरमा ७५ जना र ललितपुरमा १८९ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ३१२ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १२ हजार ४४१, भक्तपुरमा ९८९ र ललितपुरमा २ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ६७ हजार ९७३ जना, भक्तपुरमा ६ हजार १९५ जना र ललितपुरमा ९ हजार ४४१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ८० हजार ७२६ जना, भक्तपुरमा ७ हजार २६५ जना र ललितपुरमा ११ हजार ७७४ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर ४ बिहीबार, १६:४७