काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ३८० जना महिला र ५१४ पुरुष गरी कूल ८९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ६७३ जना, भक्तपुरमा ७६ जना तथा ललितपुरमा १४६ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा १९८ जना, भक्तपुरमा ५७ जना र ललितपुरमा ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १८ हजार ३७४, भक्तपुरमा १ हजार ४३५ र ललितपुरमा २ हजार ५२० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ३८ हजार ४०३ जना, भक्तपुरमा ३ हजार ८९७ जना र ललितपुरमा ५ हजार ४५४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।



प्रकाशित मितिः २०७७ साल कार्तिक १० सोमबार, १९:४५