काठमाडौंः

काठमाडौं उपत्यकामा आज थप १ हजार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ७१० जना महिला र ८२३ पुरुष गरी कूल १ हजार ५३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार २९४ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १६२ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २७२ जना, भक्तपुरमा ७१ जना र ललितपुरमा ६७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १५ हजार ५२२, भक्तपुरमा १ हजार १२९ र ललितपुरमा २ हजार २०५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ५६ हजार २७३ जना, भक्तपुरमा ५ हजार ३०७ जना र ललितपुरमा ७ हजार ८८१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ७२ हजार ६७ जना, भक्तपुरमा ६ हजार ५०७ जना र ललितपुरमा १० हजार १५३ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २३ आइतबार, १६:३५