काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ६२५ जना महिला र ८८७ पुरुष गरी कूल १ हजार ५१२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार २९४ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १४१ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २७० जना, भक्तपुरमा ७० जना र ललितपुरमा ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १५ हजार ४५५, भक्तपुरमा १ हजार २१६ र ललितपुरमा २ हजार १९१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ५५ हजार ४८ जना, भक्तपुरमा ५ हजार १४४ जना र ललितपुरमा ७ हजार ७३४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ७० हजार ७७३ जना, भक्तपुरमा ६ हजार ४३० जना र ललितपुरमा ९ हजार ९९१ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २२ शनिबार, १६:४७