काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा १३९ जना, भक्तपुरमा ७ जना र ललितपुरमा २२ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल चैत २६ गते बिहीबार, १७:३७