काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ७४ जना महिला र ९८ जना पुरुष गरी कूल १७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा १३४ जना, भक्तपुरमा ७ जना र ललितपुरमा ३१ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४९४ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १५९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७९४ जना, भक्तपुरमा ३३ जना र ललितपुरमा १५० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९८ हजार ७४६ जना, भक्तपुरमा ९ हजार ४७ जना र ललितपुरमा १५ हजार ६६४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा १ लाख १ हजार ३४ जना, भक्तपुरमा ९ हजार १९५ जना र ललितपुरमा १५ हजार ९७३ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल माघ १३ गते मंगलबार, १७:४०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook