काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ४६ जना, भक्तपुरमा ७ जना र ललितपुरमा ५ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार अब काठमाडौंमा १ लाख २ हजार ८१५ , भक्तपुरमा ९ हजार ३१२ र ललितपुरका १६ हजार २११ संक्रमित पुष्टि भएसँगै काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १ लाख २८ हजार २ सय ३३ जना पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २१ गते शुक्रबार, १७:१४