काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ६५ जना महिला र ९९ जना पुरुष गरी कूल १६३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १४१ जना, भक्तपुरमा ७ जना र ललितपुरमा १५ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४८९ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार २०५ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा २०२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९७ हजार ३७९ जना, भक्तपुरमा ८ हजार ९४६ जना र ललितपुरमा १५ हजार ४१८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख ७३ जना, भक्तपुरमा ९ हजार १११ जना र ललितपुरमा १५ हजार ७७७ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल माघ ५ गते सोमबार, १७:०८