काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २५० जना महिला र ३११ पुरुष गरी कूल ५६१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ४५५ जना, भक्तपुरमा ८० जना र ललितपुरमा २६ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ३९३ जना, भक्तपुरमा ९४ जना र ललितपुरमा ११७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६ हजार ३३७, भक्तपुरमा ५८५ र ललितपुरमा १ हजार २७६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८२ हजार ५५८ जना, भक्तपुरमा ७ हजार ४०० जना र ललितपुरमा १२ हजार १८० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ८९ हजार २८८ जना, भक्तपुरमा ८ हजार ७९ जना र ललितपुरमा १३ हजार ५१९ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल मंसिर १८ गते बिहीबार, १६:४२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook