काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १ हजार १७४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७८ साल वैशाख ९ गते बिहीबार, २१:२०