काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार २६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ५२८ जना महिला र ७३३ पुरुष गरी कूल १ हजार २६१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ९७६ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा २०४ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २८९ जना, भक्तपुरमा ७४ जना र ललितपुरमा ७७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १७ हजार ६४७, भक्तपुरमा १ हजार २७५ र ललितपुरमा २ हजार ५०६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ५७ हजार ८६७ जना, भक्तपुरमा ५ हजार ४१६ जना र ललितपुरमा ८ हजार १६८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ७५ हजार ३२० जना, भक्तपुरमा ६ हजार ७६५ जना र ललितपुरमा १० हजार ७५१ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, १६:३२