काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ९७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ४२८ जना महिला र ५४५ पुरुष गरी कूल ९७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ७६४ जना, भक्तपुरमा ८३ जना र ललितपुरमा १२६ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २९५ जना, भक्तपुरमा ७५ जना र ललितपुरमा ७९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १७ हजार ४५, भक्तपुरमा १ हजार २९२ र ललितपुरमा २ हजार ५१२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ५८ हजार ७४६ जना, भक्तपुरमा ५ हजार ४८१ जना र ललितपुरमा ८ हजार २८६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ७६ हजार ८४ जना, भक्तपुरमा ६ हजार ८४८ जना र ललितपुरमा १० हजार ८७७ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २७ बिहीबार, १७:११