काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ६०३ जना महिला र ८१७ पुरुष गरी कूल १ हजार ४२० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार १४१ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा १९३ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २८० जना, भक्तपुरमा ७३ जना र ललितपुरमा ७२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार ६८६, भक्तपुरमा १ हजार २२४ र ललितपुरमा २ हजार ३५० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ५७ हजार ३७८ जना, भक्तपुरमा ५ हजार ३८७ जना र ललितपुरमा ८ हजार १२५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ७४ हजार ३४४ जना, भक्तपुरमा ६ हजार ६८४ जना र ललितपुरमा १० हजार ५४७ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २५ मंगलबार, १६:५९