काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ३५० जना महिला र ४८५ पुरुष गरी कूल ८३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ६३५ जना, भक्तपुरमा ८७ जना र ललितपुरमा ११३ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ३३५ जना, भक्तपुरमा ८९ जना र ललितपुरमा ९३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ७ हजार ६६०, भक्तपुरमा ५८० र ललितपुरमा १ हजार ४९९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ७७ हजार १५७ जना, भक्तपुरमा ७ हजार ६ जना र ललितपुरमा ११ हजार ९८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ८५ हजार १५२ जना, भक्तपुरमा ७ हजार ६७५ जना र ललितपुरमा १२ हजार ६९० जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर १० बुधबार, १६:५०