काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ३७९ जना महिला र ४५६ पुरुष गरी कूल ८३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ६४२ जना, भक्तपुरमा ८८ जना र ललितपुरमा १०५ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २९९ जना, भक्तपुरमा ७६ जना र ललितपुरमा ८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १५ हजार ९६७, भक्तपुरमा १ हजार ३०६ र ललितपुरमा २ हजार ३४६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ६१ हजार ३७९ जना, भक्तपुरमा ५ हजार ६६२ जना र ललितपुरमा ८ हजार ७३२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ७७ हजार ६४५ जना, भक्तपुरमा ७ हजार ४४ जना र ललितपुरमा ११ हजार १६२ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २९ शनिबार, १७:१०