भक्तपुर: भक्तपुरमा ८ रात नौ दिन सम्म मनाईने बिस्का: जात्रा आजबाट सुरु भएको छ ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा सुरु भएको हो ।

यसवर्ष दिउँसो ४ बजबाटे भैरवनाथको रथ (भैल खः) तान्न सुरु गरीएको हो । रथ आज टौमढीबाट तानेर गाहीटीमा राखे पछि आजको जात्रा सम्पन्न हुन्छ ।

चैत्र ३१ गते खलाँ हँुदै योसींख्योसम्म लगे पछि योसीँद्यो (लिंगो) ठड्याउन सुरु गरिन्छ । २०७८ साल बैशाख १ गते योसीद्यो (लिंगो) ढालीसके पछि रथलाई तानेर गःहीटीमा ल्याई ठुलो रथ( भैल खः ) र सानो रथलाई जुढाउने चलन छ ।


। वैशाख २ गते टोल टोलमा रहेका बिभिन्न देबीदेवताहरुको जात्रा हुन्छ भने बैशाख ५ गते पुनः भैरवको रथ तानेर टौमढीमा पु¥याए पछि बिस्केट जात्रा सम्पन्न हुन्छ ।

कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले जात्रा स्थगित गर्ने निर्णय गरेको थियो । प्रशासनले नेवाः संस्कृतिमाथि हस्तक्षेप गरेको भन्दै स्थानीयले विरोध गरेपछि भक्तपुर नगरपालिकाले जात्रा गर्न पहल लियो भने सर्वोच्च अदालतले पनि २५ चैतमा बिस्काः जात्रा नरोक्न आन्तरिम आदेश दिएको थियो ।

गत वर्ष कोरोना कहरका कारण जात्रा औपचारिकतामा सीमित भएको थियो ।


प्रकाशित मितिः २०७७ साल चैत २८ गते शनिबार, २१:२५