काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ५९ जना महिला र ९५ जना पुरुष गरी कूल १५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा १३३ जना, भक्तपुरमा ८ जना र ललितपुरमा १३ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४९३ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १५९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८०५ जना, भक्तपुरमा ३२ जना र ललितपुरमा १४१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९८ हजार ६०२ जना, भक्तपुरमा ९ हजार ४१ जना र ललितपुरमा १५ हजार ६४२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा १ लाख ९०० जना, भक्तपुरमा ९ हजार १८८ जना र ललितपुरमा १५ हजार ९४२ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल माघ १२ गते सोमबार, १७:२२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook