काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ९३ जना महिला र १३९ पुरुष गरी कूल २३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १७१ जना, भक्तपुरमा ८ जना र ललितपुरमा ५३ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४७६ जना, भक्तपुरमा १०९ जना र ललितपुरमा १४७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ४७० जना, भक्तपुरमा १२० जना र ललितपुरमा ३२२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९४ हजार ९७३ जना, भक्तपुरमा ८ हजार ७२१ जना र ललितपुरमा १४ हजार ९३५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९७ हजार ९१९ जना, भक्तपुरमा ८ हजार ९५० जना र ललितपुरमा १५ हजार ४०४ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस २१ गते मंगलबार, १६:३०