काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ६३० जना महिला र ७९८ पुरुष गरी कूल १ हजार ४२८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार १३६ जना, भक्तपुरमा ९१ जना र ललितपुरमा २०१ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २७५ जना, भक्तपुरमा ७२ जना र ललितपुरमा ६८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १५ हजार ९८२, भक्तपुरमा १ हजार १४३ र ललितपुरमा २ हजार २५९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ५६ हजार ९४६ जना, भक्तपुरमा ५ हजार ३८३ जना र ललितपुरमा ८ हजार २७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ७३ हजार २०३ जना, भक्तपुरमा ६ हजार ५९८ जना र ललितपुरमा १० हजार ३५४ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २४ सोमबार, १६:४१