काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १ हजार ४९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा १ हजार १३२ जना, भक्तपुरमा ९६ जना र ललितपुरमा २७० जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७८ साल वैशाख १२ गते आइतबार, १७:०९