काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ६३७ जना महिला र ९८५ पुरुष गरी कूल १ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार ३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २३४ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा ६२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार २२९, भक्तपुरमा १ हजार र ललितपुरमा २ हजार ३४२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ४६ हजार ७५४ जना, भक्तपुरमा ४ हजार ७२९ जना र ललितपुरमा ६ हजार ५५४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ६३ हजार २१७ जना, भक्तपुरमा ५ हजार ७९५ जना र ललितपुरमा ८ हजार ९५८ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १६ आइतबार, १६:४०