काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ७०४ जना महिला र ९११ पुरुष गरी कूल १ हजार ६१५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार ३३८ जना, भक्तपुरमा ९७ जना तथा ललितपुरमा १८० जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २०९ जना, भक्तपुरमा ६१ जना र ललितपुरमा ५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार ५२१, भक्तपुरमा १ हजार ७५ र ललितपुरमा २ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ४२ हजार ५०४ जना, भक्तपुरमा ४ हजार ३८३ जना र ललितपुरमा ५ हजार ८२२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ५९ हजार २३४ जना, भक्तपुरमा ५ हजार ५१९ जना र ललितपुरमा ८ हजार ३५० जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १३ बिहीबार, १६:४२