काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ४८ जना महिला र ७८ जना पुरुष गरी कूल १२६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ९९ जना, भक्तपुरमा ९ जना र ललितपुरमा १८ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४८० जना, भक्तपुरमा ११० जना र ललितपुरमा १५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १०६ जना, भक्तपुरमा १०४ जना र ललितपुरमा २४० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९६ हजार ११३ जना, भक्तपुरमा ८ हजार ८२५ जना र ललितपुरमा १५ हजार १५४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९८ हजार ६९९ जना, भक्तपुरमा ९ हजार ३९ जना र ललितपुरमा १५ हजार ५४६ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल पुस २६ गते आइतबार, १६:३९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook