काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ११५ जना महिला र १४४ जना पुरुष गरी कूल २५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २२१ जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४८२ जना, भक्तपुरमा १११ जना र ललितपुरमा १५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार २४१ जना, भक्तपुरमा ८८ जना र ललितपुरमा २७७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९६ हजार ४२७ जना, भक्तपुरमा ८ हजार ८६४ जना र ललितपुरमा १५ हजार ३६७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९९ हजार १५० जना, भक्तपुरमा ९ हजार ६३ जना र ललितपुरमा १५ हजार ६४४ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस २८ गते मंगलबार, १७:४१