काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ६१ जना महिला र ११६ जना पुरुष गरी कूल १७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा १४५ जना, भक्तपुरमा ९ जना र ललितपुरमा २३ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४८७ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १५६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार २६४ जना, भक्तपुरमा ५६ जना र ललितपुरमा २१६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९७ हजार १८१ जना, भक्तपुरमा ८ हजार ९३५ जना र ललितपुरमा १५ हजार ३९० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९९ हजार ९३२ जना, भक्तपुरमा ९ हजार १०४ जना र ललितपुरमा १५ हजार ७६२ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल माघ ४ गते आइतबार, १७:४१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook