काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ५३ जना महिला र ५९ जना पुरुष गरी कूल ११२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ९० जना, भक्तपुरमा ९ जना र ललितपुरमा १३ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४९० जना, भक्तपुरमा ११४ जना र ललितपुरमा १५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ६१ जना, भक्तपुरमा ३७ जना र ललितपुरमा १७५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९८ हजार ३३ जना, भक्तपुरमा ९ हजार १५ जना र ललितपुरमा १५ हजार ५५१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा १ लाख ५८४ जना, भक्तपुरमा ९ हजार १६६ जना र ललितपुरमा १५ हजार ८८४ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल माघ ९ गते शुक्रबार, २०:११
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook