काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ६१ जना महिला र ८४ जना पुरुष गरी कूल १४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १२२ जना, भक्तपुरमा ९ जना र ललितपुरमा १४ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४९४ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८०५ जना, भक्तपुरमा ३८ जना र ललितपुरमा १५१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९८ हजार ८५६ जना, भक्तपुरमा ९ हजार ५१ जना र ललितपुरमा १५ हजार ६७६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख १ हजार १५६ जना, भक्तपुरमा ९ हजार २०४ जना र ललितपुरमा १५ हजार ९८७ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल माघ १४ गते बुधबार, १६:४६