काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १२१ जना महिला र १६६ पुरुष गरी कूल २८७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा २०२ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ७६ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४५३ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १४० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ९४४, भक्तपुरमा ३११ र ललितपुरमा ७४३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८९ हजार ८७४ जना, भक्तपुरमा ८ हजार ११० जना र ललितपुरमा १३ हजार ८४० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९४ हजार २७१ जना, भक्तपुरमा ८ हजार ५९८ जना र ललितपुरमा १४ हजार ७२३ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल पुस ३ गते शुक्रबार, १६:४७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook