भक्तपुरः सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौ दक्षिणकाली नगरपालिका–६ घर भएका २१ वर्षीय अनुज केसी झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

आज बिहान डियुटीको समयमा उनी नआएपछि खोजी गर्दा व्यारेकको कम्पाउण्डभित्र रहेको बाथरुममा उनी झुन्डिएको अवस्थामा फेला परेको वृत्तले जनाएको छ ।

गए राति १ बजेर ५५ मिनेटमा परिवारका सदस्यलाई मोबाइलबाट सन्देश पठाई उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतकको शव दुवाकोट्स्थित केएमसी अस्पतालमा मोस्ट्मार्टम गरिएको छ ।


। मृतकको शव परिवारले बुझेका छन् ।


प्रकाशित मितिः २०७७ साल असोज २८ बुधबार, १५:४८