भक्तपुरः भक्तपुर इन्टरनेशनल अस्पतालले बृहत स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको छ ।

अस्पताल शुभारम्भको अवसरमा हुन लागेको शिविर चैत १६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने अस्पतालका अध्यक्ष ज्ञान कृष्ण श्रेष्ठले जानकारी दिए ।

यस अस्पतालमा कार्यरत विशिष्ट विशेषज्ञ डाक्टरहरुले शिविरमा विभिन्न १७ सेवाहरु परीक्षण तथा शल्यक्रियाासहितको परामर्श सेवा प्रदान गरिनुका साथै सो सेवामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने अध्यक्ष श्रेष्ठले बताए ।

शिविरमा हाड, जोर्नी तथा नशा रोग, स्त्री रोग, बालरोग, दन्त रोग, चर्म तथा यौन रोग, मस्तिष्क तथा स्नायु रोग, नाक, कान तथा घाँटी रोग, मुटु रोग, आँखा रोग, मानसिक रोग, जनरल फिजिसियन सेवा, डिजिटल ल्याव सेवा, डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, इसिजी तथा इको सेवा र फिजियोथेरापीसम्बन्धी स्वास्थ्य परीक्षण तथा शल्यक्रिया प्रदान हुने अस्पतालले जानकारी दिएका छ ।


अस्पताल मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा करिब ६ करोडको लागतमा फागुन २३ गतेबाट सञ्चालनमा आएको हो ।

अस्पतालले यहाँका स्थानीय तथा भक्तपुर जिल्ला लगायत यस वरपरका जिल्लाबाट आउने सेवाग्राहीका लागि बिशेष सहुलियतमा उपचार सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको हो ।

अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, ल्याव, आइसियु, युरोलोजी, सर्जरी, मेडिसिन, गाइनोलोजी, फिजियो थेरापी, डेण्टल सेवा, एक्स–रे, ओपिडी, इण्डस्कोपी इको कोलोनोस्कपी न्यूरोलोजी न्युरो सर्जरी प्लाष्टिक सर्जरी लगायतका सेवा दिने छ ।


प्रकाशित मितिः २०७७ साल चैत २ गते सोमबार, १२:५१