भक्तपुरः सुर्यविनायक नगरपालिका–५ कटुन्जेमा डेरा गरि बस्ने १४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको खुलेको छ ।

स्वास्थ्य तथा जंनसख्या मन्त्रालयले ललितपुरमा आइतबार पुष्टि भएको १४ वर्षीया बालिका हाल सुर्यविनायक नगरपालिका–५ कटुन्जेमा डेरा गरि बस्ने भएको खुलेको हो ।

बालिकाको स्थायी ठेगाना ललितपुर बागमति गाउँपालिका–४ प्युटार भए पनि उनी अभिभावसँग भक्तपुर कटुन्जे बस्दै आएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गराउने क्रममा १४ वर्षीया बालिकामा आइतबार संक्रमण पुष्टि भएको प्रमुख मिजारले बताए ।


आइतबार मन्त्रालयको प्रेस विफिङमा ललितपुरका एक जना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । त्यस लगतै संक्रमित खोज्ने क्रममा ललितपुरमा नभेटिए पछि भक्तपुरमा खोजी गर्ने क्रममा कटुन्जेमा डेरा गरि बस्ने खुल्न आएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले बताए ।

बालिकालाई आइतबार राति नै थप उपचारका लागि महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा पठाएको प्रमुख मिजारले बताए । संक्रमित बालिका डेरागरि बस्ने घरलाई सिल गरिएको छ भने अभिभावकलाई पनि शिक्षण अस्पतालको क्वारेन्टाइनमा राखिएको छ ।

संक्रमित १४ वर्षीया बालिकाको सम्पर्कमा आएका महानगरीय प्रहरी वृत्त ठिमीका चार जना प्रहरी मध्य २ जना कोरीया मैत्री नगरपालिकाको अस्पतालको क्वारेन्टाइनमा राखिएको छ भने २ जना प्रहरीलाई होम क्वारेन्टाइनमा राखिएको महानगरिय प्रहरी बृत्त ठिमीले जानकारी दिएको छ । संक्रमित बालिकालाई अस्पताल लैजाने क्रममा ४ जना प्रहरी बालिकासँग नजिकिएका कारण क्वारेन्टाइनमा राख्नु परेको प्रहरीको भनाई छ ।


प्रकाशित मितिः सोमबार, असार १५, २०७७, १०:४६