भक्तपुरः भक्तपुर नगरपालिका–१० कमलबिनायकस्थित पाइपलाईनबाट १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित एक जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका–६ भोलाछेँ बस्ने २४ वर्षीय कान्छा सिजखु रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले कान्छालाई उक्त परिमाणको लागूऔषध गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १४ आइतबार, १९:०४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook