भक्तपुरः कोरोना महामारी नियन्त्रणमा वर्तमान केपी शर्मा ओलीको सरकार असफल भएको भन्दै भक्तपुर कांग्रेसले आज ज्ञापन पत्र बुझाएको छ ।

भक्तपुरको ब्यासीबाट र्‍याली जुलुश सहित जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

भक्तपुरमा आज ज्ञापन पत्र बुझाउँदै कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले सरकारले आरडिटि टेस्ट नभएर पिसिआर बिधिमार्फत कोरोना परिक्षण गर्ने तर्फ सरकारले जोड दिन नसक्नु दुःखद् अवस्था भएको बताए ।

उनले देश भरका क्वारेन्टाइन मापदण्ड भन्दा न्युन रुपमा सञ्चालन गरिनुले झनै भयावह स्थिती निम्तिएको बताए ।


उनले भने सरकार जनहित कार्यमा भन्दा पनि कमाउ धन्दा लागेको महामारीको समयमा स्वास्थ्य सामाग्री खरिदमा बजार मूल्य भन्दा बढी मूल्यमा खरिद गरेर खुल्ला रुपमै भ्रष्टाचार गरेकालाई कारवाही ल्याउनु पर्नेमा उल्टै उन्मुक्ति दिने खेल भएको बताए ।

केन्द्रिय समितिको निर्णय अनुसार आज नेपाली कांग्रेसले नेपालका ७७ जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत र सातै प्रदेशका मुख्य मन्त्रीलाई र बिदेश स्थित दुतावासमा जनसम्पर्क समिति मार्फत सरकारलाई ज्ञापन पत्रका बुझाएको छ ।

यस्तो छ, ज्ञापनपत्र

सम्माननीय प्रधानमन्त्रि ज्यू,
सिंहदरवार काठ्माण्डौ ।                         मिति असार २,२०७७
मार्फतः श्री प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय भक्तपुर ।

बिषयः समसामयिक बिषयमा ध्यानार्कषण सम्बन्धमा

केही समय अगाडि देखि बिश्वलाई नै आतकीत बनाउदै उत्पन्न भएको कोभिड १९ कोरोनाको कारणले ठूलो धन जनको क्षती ब्यहोरी रहेको छ। नेपाल पनि गत चैत्र ११ गते बाट पूर्ण रुपमा आक्रान्त भै रहेकोछ भने मुलुक यतिखेर लकडाउनका अवस्थामा छ। सवै नेपालीहरु घर भित्रै बसेर रोगसग प्रतिरक्षा गरि रहेका छन। मुलुक इतिहास कै गंभिर आर्थिक सामाजिक एव मानवीय क्षतिको संघारमा उभिएको छ । आम नेपालीलाई यो बिश्वब्यापी महामारीबाट कसरी जोगाउन सकिन्छ भन्ने महान लक्ष्यकासाथ नेपाली काँग्रेसले बर्तमान सरकार,  बिश्व स्वास्थ संगठन तथा अन्य स्वास्थ सम्बन्धि बिशेषज्ञबाट तयार गरेका मापदण्डलाई लागु गराउन सदैव हातमा हात र काधमा काध मिलाई अगाडि बढेको अवस्थामा सरकारको गतिबिधि रोगलाइ परास्त गर्ने भन्दा पनि सरकारका असक्षमताका बिरूद् उठन सक्ने अवाजलाइ कसरी निषतेज पान सकिन्छ भन्ने ध्याउन्नमा लागेको छ। सरकारलाइ पटक पटक कोभिड १९ को महामारी त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति, यसलाइ समाधान गर्न चाल्नु पर्ने तात्कालिन तथा दिघकालिन योजनाका सम्बन्धमा सरकारका तफबाट खासै कदम नचालिएको परिस्थितिका बारेमा नेपाली काँग्रेस भक्तपुर, जिल्ला प्रशासन कार्यालय भक्तपुर मार्फत नेपाल सरकारको ध्यानाकषर्ण गराउदछ ।

१. र्सवप्रथम त आम भक्तपुर बासी दिदीबहिनी दाजुभाईहरू सवैमा मुलुकको यो बिषम परिस्थितिमा पनि धर्य गरि कोभिड १९ लाई आजका दिन सम्म परास्त गर्न हरदम सहयोग गर्नु भएकोमा नेपाली काँग्रेस भक्तपुर यँहाहरु प्रति आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्दछौं ।साथै यस बिषम परिस्थितिमा हामी आफ्ना राजनैतिक,सामाजिक, आर्थिक तथा अन्य बिषयमा रहेका असहमतीलाई थाँती राखि हरतरहले सहयोग गरि आएकाछौ भने आगामि दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्दछौं ।

२. यो महामारीबाट आम नेपालीलाई सुरक्षित बनाउन रातदिन नभनि आफ्नो ज्यानको बाजी राखि उपचारमा सम्लग्न स्वास्थकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई हार्दिक धन्यबाद दिदै उहाँहरूलाइ हुन सक्ने जोखिमबाट जोगाउन पुर्याउनु पर्ने न्यूनतम सामाग्रीहरु नपुगेको तर्फ गंभिर हुदै सरकार मुखदर्शक मात्रै बनेकोले तत्काल आवस्यक प्रवन्ध मिलाउन जोडदार माग गर्दछौं ।

३. बिश्वलाई नै आंतकीत बनाउदै चिनबाट उत्पन्न भएको कोभिड १९ ले ठूलो जनधनको क्षती ब्यहोरीरहेको, नेपाल पनि गत चैत्रबाट पुण रुपमा आक्रान्त भै रहेको छ, मुलुक यतिखेर लकडाउनमा छ । सवै नेपालीहरु घर भित्रै बसेर रोगसग प्रतिरक्षा गरिरहेका छन । बिश्व्यापी रुपमा फैलिएको यो महामारीबाट हाल आजसम्म १९ जना नेपाली दिदीबहिनी दाजुभाईहरुले सरकारको अकरमण्यताका कारण, क्वारेन्टाईनमा उचित र न्यूनतम स्वास्था सुबिधा नपाई दुःखद निधन भएको प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं ।

४. सरकारले घोषणा गरेको लकडाउनलाई आम नेपाली दिदीबहिनी दाजुभाईहरुले पालना गरेर अभाव, चरम आर्थिक मन्दीका कारण भोक भोकै घर भित्रै बसी पालना गरे । तर लकडाउन बर्तमान सरकार राजनैतिक, आर्थिक तथा आम मानवता बिरोधी गतिबिधिको सुरक्षाको कवच बन्न पुगेको देखिन आयो । लकडाउनका नाममा मुलुकका अधिकांश अस्पताल, नर्सिग होम तथा स्वास्थ्य सम्बन्धि सस्थाहरु बन्द हुन जादा मुटु, क्यान्सर, फाक्सो, मृगौला, गर्भास्थामा रहेका महिलाहरु, चोटपटक लागका बिरामी लगायतका बिरामीहरुको स्वास्थ्य उपचारको उचित ब्यबस्थापन हुन सकेन । यस्ता गंभिर बिषयमा सरकारलाई तत्काल उचित कदम चाल्न माग गर्दछौं ।

५. समयमा स्वास्थ्य सामाग्रीको आपुर्ति गरिएन, बिश्वब्यापी रुपमै भरपर्दो नदेखिएको अबिश्वसनिय परिणाम आउने च्म्त् टेस्ट अहिलेसम्म भइरहेको छैन। एऋच् बिधिबाट अत्यन्तै न्यून परिक्षण भएको छ । देशभरीका क्वारेन्टाईनहरु कुनै पनि तोकिएका मापदण्ड अनुसार संचालित भएका छैनन । यही कारणबाट सुरक्षित भनिएको ठाउ क्वारेन्टाईनमा उचित स्वास्थ्य उपचार, खान समेत नपाई नागरिकहरुको निधन भएको परिस्थितिमा यसतर्फ बेलैमा कदम चाल्न हामीले गराएको आग्रहलाई राजनैतिक पूर्वाग्रहको आखाँबाट बर्तमान सरकारले हेरि रहेकोले तत्काल पुर्वाग्रही दृष्टिकोण त्याग्न बर्तमान सरकारको ध्यानाकर्षण गराउदछौं ।

६. आम नेपाली अझ बिशेषत निम्न आय भएका नागरिकहरुको दैनिक रोजी रोटी त खोसिएको छ नै मानवोचित रुपमा बिहान बेलुकी खान समेत नपाएको अवस्था छ । यातायात कलकारखाना ब्यबसाय ठप्प भएकाले लाखौ जनता भोकै नाग्गै सयौ कि।मी। को यात्रा गर्दै सडकमा हिडिरहेको अवस्थामा नेपाली काँग्रेसले पटक पटक सरकारको ध्यानाकषर्ण गराउदा वर्तमान सरकार आम नेपालीलाई सुरक्षित रुपमा खान बस्न पाउने नैर्सर्गिक अधिकार माथि कुनै जिम्मेवारी लिन तयार छैन। केवल सरकारले लकडाउनको घोषणा र परिपालनका नाममा जनतालाई प्रताडित गर्ने बाहेक केही नदिएको बर्तमान अवस्थामा तत्काल सरकारलाई ति आम नेपालीको  जीवन रक्षाको लागि कदम चाल्न अनुरोध गर्दछौं ।

७. मुलकको यस्तो भयावह अवस्थामा पनि स्वास्थ मन्त्रालयबाट स्वास्थ्य सामाग्री खरिदमा बजार मूल्य भन्दा धेरै बढी खरिद गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई कानुनी कारवाहिको दायरमा ल्याउनको साटो उल्टै ओठे जवाफ दिई उन्मुक्ति गराउने प्रपन्च भएको तर्फ आपत्ति जनाउदै अनियमिततामा सम्लग्न सवैलाई कानुन दायरमा ल्याउन जोडदार माग गर्दछौं ।

८. बिश्वब्यापी रुपमा देखिएको यो महामारी पश्चात हाम्रो जस्तो अल्पबिकशित राष्ट्रमा अव भोकमरी, चरम आर्थिक अभाव, जनताको क्रय शक्तिमा देखिने रास, भक्तपुर जस्तो कृषिमा आश्रित किसानहरुको बाहुल्यता भएको जिल्लामा कृषि बजारमा उतपादन तथा ब्यबस्थापनमा हुने  गिरावटबाट हाम्रा आगामी दिन अझ कष्टकर हुने आंशका भएकाले केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार हरुलाई तत्काल यो समस्यासग जुध्न सक्ने उचित बातावरण बनाउन माग गर्दछौं। किसानहरू बिउबिजन, मल नपाएर प्रताडित भइरहेकोले कृषिमल, बिउ बिजनको उचित ब्यबस्थापनका लागि नेपाल सरकारसग माग गर्दछ । मुलुकका सवै साना ठूला हजारौ उद्योग ब्यबसाय बन्द छन ।लाखौ श्रमिक र साना उद्यमी ब्यबसायी बेरोजगार भएका छन । बिदेशबाट लाखौ नेपालीहरु घर र्फकिदै छन।

नागरिकहरुको आर्थिक अवस्था नाजुक भएकोछ ।उद्योग ब्यबसाय तथा कृषि क्षेत्रलाई चलायमान गर्न र नागरिहरुको जीवनमा आएको आर्थिक संकटलाई कम गर्न सरकार गंभिर भएको छैन । तसर्थ नेपाल सरकारलाई गंभिर हुन आग्रह गर्दछौं ।

९. कोभिड १९ बाट प्रताडित आम नेपाली अनि भक्तपुरबासी दिदीबहिनी दाजुभाईहरुलाइ राहत, उनीहरुको ब्यबस्थापनमा सहजीकरणका लागि नेपाली कांग्रेस भक्तपुरमा आवद्ध सवै साथीहरु आ आफ्नो ठाउमा लागिरहनु भएको छ। यस अवस्थामा हामी उहाहरुको उच्च मुल्याकंन गर्दछौं। केही राजनैतिक दल, तिनका कार्र्यकता आफूलाई सदैव केन्द्रबिन्दुमा राखि जनतामा भ्रम सृजना गर्न लागि रहेको आभाष मिलेको छ, जनताको करबाट राहत तथा अन्य ब्यबस्थापन भएकोमा राज्यको ढुकुटीलाई दोहन गराउने क्रियाकलाप तत्काल रोक्न माग गर्दछौ अन्यथा बाध्य भै हामी त्यस्ता गैरकानुनी र अमानवीय क्रियाकलापको आफै हिसाव किताव गर्न तयार रहेको कुरा जानकारी गराउदछौं ।

१०. मुलुकको राजनैतिक अवस्था तरल रहेको, आम जनता कोरोनाको महामारी सग जुध्न घर भित्रै बसीरहेको यो विषम परिस्थितिमा सरकारका आफना आसे पासेबाट बन, जंगल, खोला नालाका भौतिक संरचना बाट काठ्, बालुवा, ढुगा गिट्टी तस्करी भईरहेकोमा तत्काल रोकन माग गर्दा उल्टै सत्ताका आडमा धम्कीपूर्ण भाषा बाल्ने,राष्ट्रिय सम्पती दोहन रोक्न सम्बन्धित निकायको ध्यानाकर्षा गराउदछौ ।अन्यथा त्यस्ता तत्वहरुको जवाफी मुकाविला गर्न नेपाली काँग्रेस भक्तपुर तयार रहेको जानकारी गराउदछौं ।

अन्त्यमा,

कोरोनाबाट आँक्राँन्त आम नेपालीको सहज जीवन यापन ,स्वास्थ्य जीवनको ब्यबस्थापन गर्न,जनताको गाँस बासको उचित ब्यस्थापन गर्न,स्वास्थ्य सामाग्रीको खरिदमा भएको अनियमितता,कोभिड १९ को नाउँमा १० अर्व माथि छानबिन गरी,दोषीमाथि कारबाही गर्न र भक्तपुरमा बिकासका नाउमा भएका भ्रष्टाचार र स्मार्ट सिटीका नाउमा स्थानीय जनतालाई आतंकीत बनाउने कार्य तत्काल रोक्न, भक्तपुरका किसानहरुलाई बिउ,बिजन तथा रासायनिक मलको उचित ब्यबस्थापन गर्न,एतिहासिक संपदा सार्वजनिक सम्पतीमा गरिएको दोहन,राज्य कोषको दुरुपयोग रोक्न,बिनम्रताका साथ नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्य समिति माग गर्दछ । जयनेपाल
दुर्लभ थापा
सभापति
नेपाली काँग्रेस जिल्ला कार्यसमिति,
भक्तपुर


प्रकाशित मितिः मंगलबार, असार २, २०७७, १९:२४