भक्तपुरः नेपाली कांग्रेस भक्तपुरका नेता रामहरि न्यौपानेलाई पितृशोक परेको छ ।
सुर्यविनायक नगरपालिका–४, दधिकोट निवासी नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय कार्यसमितिका पूर्व सचिव एवं जिल्ला प्रशिक्षण शाखा सचिव रामहरिका पिता इन्द्रनाथ न्यौपानेको ७६ वर्षको उमेरमा निधन भएको हो ।
गत फाल्गुन ११ गते मंगलबार हार्ट अट्याक भई उपचारका क्रममा मध्यपुर अस्पतालमा इन्द्रनाथको निधन भएको हो ।
स्वर्गीय इन्द्रनाथका दुई छोरा रामहरि, प्रमोद छन् । कान्छा छोरा प्रमोद पनि कांग्रेसका क्रियाशील सदस्य छन् ।
इन्द्रनाथ न्यौपानेको निधनको खबरले नेपाली कांग्रेस भक्तपुरले मर्माहत र स्तब्ध भएको जनाएको छ ।
। यसबाट न्यौपाने परिवारमा पर्न गएको अकल्पनीय वियोगको घटनाले समग्र नेपाली कांग्रेसलाई दुःखित बनाएको बिज्ञप्ति मार्फत जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन २४ गते सोमबार, १०:४१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook