भक्तपुरः भक्तपुरमा आज एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा १ जना महिलामा संक्रमण पुष्टि भएको बताएको थियो ।

ती महिला भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

काभ्रे घर भएकी ती महिला क्यान्सर अस्पतालको डे केयर युनिटमा काम गर्ने कर्मचारी रहेको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले बताए ।

तजलेका अनुसार काठमाडौंको बीर अस्पतालबाट मस्तिष्कसम्बन्धि रोगको शल्यक्रियाका लागि भक्तपुर क्यान्सर अस्पताल आएकी काभ्रेकी १२ वर्षीया बालिकामा असार १३ गते राति कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चिकित्सक, नर्स र बिरामी तथा उनका आफन्त गरी जम्मा ३० जनाको क्यान्ट्याक ट्रेसिङ गरिएकोमा उनको भने पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।


संक्रमित महिलालाई आजै टेकु अस्पतालमा लगिएको अस्पतालका प्रशासन प्रमुख तजलेले जानकारी दिए ।


प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, १७:२४