भक्तपुरः भक्तपुर नगरपालिका–९ च्याम्हासिंहबाट ५ किलो ३ सय ग्राम सालकको खपटा सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका–५ बस्ने ४५ वर्षीय लाल तामाङ, काठमाडौं गौशला बस्ने सिन्धुली कमलामाई नगरपालिका–९ घर भएका २३ वर्षीय कपिल बस्नेत र भक्तपुर नगरपालिका–९ बस्ने रामेछाप सुनापति गाउँपालिका–४ घर भएका ३० वर्षीय ज्ञान बहादुर तामाङ रहेका छन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त सालकको खपटा अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।


उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २९ बिहीबार, १३:३८