भक्तपुरः भक्तपुरको च्याम्हासिंहमा अत्याधुनिक जिल्ला अदालत भवनको शिलान्यास भएको छ ।

आज सर्वाेच्च अदालतका न्यायाधीश मीरा खड्काले एक औपचारिक कार्यक्रमबीच वैदिक विधिबाट जिल्ला अदालत भवनको शिलान्यास गरेकी हुन् ।

७ रोपनी जग्गा क्षेत्रफलमा फैलिएको जग्गामा करीब २ हजार १ सय ८३ दशमलव ३८ वर्ग मिटरभित्रको क्षेत्रफलमा जिल्ला अदालतको भवन निर्माण सुरु हुने छ ।

केसी शर्मा समानान्तर जेभिको निर्माण कम्पनीले रु. १ अर्ब ३६ करोड ६७ लाख ९० हजार ४ सय ८२ को बजेटमा नयाँ भवन निर्माण कार्य सुरु गर्न लागेको जिल्ला अदालत भक्तपुरले बताएको छ ।

भूकम्प प्रतिरोधात्मक निर्माणसहितको अत्याधुनिक भवनमा भवन निर्माणसँगै पाँच तलाको भवन, चारवटा लिफ्टको व्यवस्था रहने जिल्ला अदालत भक्तपुरले बताएको छ ।


अदालतको नयाँ भवन दुई बर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

हाल रहेको भक्तपुर दरवार क्षेत्रस्थित भवन साँघुरो भएपछि अदालतले नयाँ भवन बनाउन च्याम्हासिंहमा केहि बर्ष अगाडी जग्गा खरिद गरेको थियो । त्यस्तै, आवासका लागि ४ रोपनी क्षेत्रफलको जग्गा पनि खरिद गरेको छ ।

 


प्रकाशित मितिः २०७७ साल माघ १५ गते बिहीबार, १५:३२