भक्तपुरः भक्तपुर नगरपालिका अनुगमन समितिले गपलीमा रहेका खाद्य पसल अनुगमन गरेको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा खाद्य पसल अनुगमन गरिएको हो ।

नगरपालिकाकाले कोभिड–१९ को महामारीको समयमा कालाबजारी, मुल्यबृद्धिलाई मध्यनजर गरी खाद्य पसलहरुमा अनुगमन खाद्य विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञापत्र विना प्याकेजिङ सामानमा लेबल राख्ने कुनै कुनै पसलमा लेबल विना विक्रि वितरण गरेकोले त्यस्तो सामानमा विक्रि वितरण गर्न नपाउने वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमन टोलीले साख मल्टी स्टोर्स किराना पसलमा दर्ता भएकोले मिनिमार्टमा दर्ता गर्न पटक पटक अनुगमनमा निर्देशन दिंदा समेत मिनिमार्टमा दर्ता नगरेको, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न निर्देशन दिएको छ भने एस.आर.स्टोर खाद्य पसलमा दर्ता भएकोले मिनिमार्टमा दर्ता गर्न पटक पटक अनुगमनमा निर्देशन दिंदा समेत अटेर भएकोेले तुरुन्तै मिनिमार्टमा दर्ता गर्न, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न टोलीले निर्देशन दिएको छ ।


त्यस्तै, टोलीले सबिना मिनिमार्केटमा म्याद नाघेको सामान भए नभएको समय समयमा चेक गर्न, गेडागुडी लगायतका प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न, तयारी मःमः प्याकेजिङमा लेबल नभएको पाइएकोले लेबल राख्न र दर्ता नविकरण नभएकोले तीन दिन भित्र दर्ता नविकरण गर्न निर्देशन दिएको छ ।


प्रकाशित मितिः शुक्रबार, साउन ३०, २०७७, १९:२५