भक्तपुरः भक्तपुर नगरपालिका अनुगमन समितिले आज सुकुलढोका क्षेत्रमा रहेका पसलको अनुगमन गरेको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा तेह्र वटा खाद्य, फलफुल, तरकारी, मिठाई, माछा पसलहरुमा बजार अनुगमन गरेको हो ।

नगरपालिकाले दशैंमा कालाबजारी र बजारमुल्य जथाभावी महंगो मुल्यमा विक्रिवितरण नियन्त्रण गर्न बजार अनुगमन गरेको संयोजक गोराले बताए ।

अनुगमन टोलीले दिक्षा एण्ड सदिक्षा स्टोर दर्ता नविकरण गर्ने, म्याद नाघेको सामानहरु पप ७ पाकेट, मःमः मसला १३ पाकेट, मिट मसला २ पाकेट, चाना मसला ५ पाकेट, करी मसल २ पाकेट, गरम मसला १ पाकेट, चिकेन मसला १ पाकेट, रागाना मसला १ पाकेट, किस मसल १ पाकेट जफत गरी नष्ट गरियो भने म्याद नाघेको सामानहरु छुट्टै स्टोरमा राख्ने निर्देशन दिएको छ ।


त्यस्तै भक्त बी स्टोरमा म्याद नाघेको सामानहरु प्रिड्डल स्मोकि बिबिक्यू २ वटा जफत गरी नष्ट गरियो । त्यस्तै सविना राजभण्डारीको किराना पसलमा मुल्य सुचि राख्ने, साइनबोर्ड राख्ने, पसल दर्ता नविकरण गर्ने र सरसफाइमा ध्यान दिन टोलीले निर्देशन दिएको छ भने श्रेष्ठ मिठाइ भण्डारमा सरसफाइमा ध्यान दिने, मिठाई झिंगाले नभन्किने गरी जालीले छोप्ने, मिठाईमा रंग बढी प्रयोग भएको देखिएकोले ५ किलो मैदामा १ ग्राममात्र खाद्य रंग प्रयोग गर्न, प्याकेजिङ गुदपाक लगायतका सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवल राखेर मात्र विक्रि वितरण गर्न, कामदारलाई माक्स, पञ्जा, हेयरनेट, एप्रोन प्रयोग गराई कार्य गराउन टोलीले निर्देशन दिएको छ ।

टोलीले मेराज फिस हाउस र न्यु माधब फिस हाउसमा मुल्य सूचि राख्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, फोहर पसल बाहिर बाटोमा फोहर हुने गरी नराख्न र सरसफाईमा ध्यान दिन, कामदारलाई सेतो एप्रोन प्रयोग गर्न निर्देशन दिएको छ भने राशन पान पसल दर्ता नविकरण गर्न, गुटखा खैनी लगायतको सामानहरुमा लेवलमा उत्पादन मिति र म्याद नाघेको मिति नभएकोले त्यस्तौ सामान विक्री वितरण नगर्न निर्देशन दिएको छ ।

पुरुषोत्तम शाखकर्मीको किराना पसलमा सामान व्यवस्थित गर्न, नियमित सरसफाई गर्न, म्याद नाघेको सामान अलग स्टोर गर्न र म्याद नाघेको सामान काजु बदाम कुकिज १ पाकेट जफत गरी कार्यालयमा हाजिर हुन टोलीले निर्देशन दिएको छ भने दिनेशलाल कोङाको किरान पसल प्याकेजिड्ड सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवर राखेर मात्र विक्रि वितरण गर्न, म्याद नाघेको सामान बिएमसि मसल १ पाकेट र साल्टेड बदाम १८० ग्रामको १ पाकेट जफत गरि नष्ट गरिएको छ ।

टोलीले प्रकास तरकारी पसल दर्ता नविकरण गर्न निर्देशन दिएको छ भने जय माताजी फ्रुड सेन्टरमा म्याद नाघेको रियल जुस १ लिटरको १६ वटा जफत गरी नष्ट गरियो भने म्याद नाघेको सामान नराख्न, तराजु १ र २ केजिको ढल २ वटा जफत गरी कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

टोलीले दिनेश स्टोर दर्ता नविकरण गर्न, म्याद नाघेको सामान सार्डिनेस माछाको बट्टा ४३ वटा जफत गरि नष्ट गरिएको छ भने २ केजि र ५ केजिको ढक जफत गरी कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ भने निर्वान स्टोर दर्ता नविकरण गर्न, पसल सरसफाई गर्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताए ।


प्रकाशित मितिः बिहीबार, असोज २२, २०७७, १८:०६