भक्तपुरः भक्तपुर नगरपालिका अनुगमन समितिले आज सुर्यबिनायक क्षेत्रमा रहेका पसलको अनुगमन गरेको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुर्यबिनायक क्षेत्रमा रहेका खाद्य, मासु पसलहरुमा बजार अनुगमन गरेको हो ।

अनुगमन टोलीले आधुनिक कृषि तरकारी पसलको दर्ता प्रमाणपत्र र खाद्य विभागबाट अनुज्ञा पत्र लिई प्याकेजिङ सामानहरुमा लेबल राखेर मात्र विक्रि वितरण गर्नुपर्नेमा सो प्रमाणपत्र नदेखाएकोले उक्त प्रमाणपत्र लिई कार्यालयमा हाजिर हुन र तराजु नविकरण गर्न साथै म्याद नाघेको सामानहरु बिबिडि ध्यू ८ वटा, महेश भुजिया २ पाकेट, रेड लेवल मसला चिया ४ पाकेट जफत गरि नष्ट गरिएको छ ।


टोलीले प्रताप किराना स्टोर म्याद नाघेको सामानहरु दालको पिठो ६ पाकेट, रेड चिली १ पाकेट, ड्राई फ्रुटस १ पाकेट, चिकेन सुप १ पाकेट, फुरन दाना १ पाकेट, पास्ता १ पाकेट, शक्ति ध्यू १ केजि ३ पाकेट, काजु १ पाकेट जफत गरी म्याद नाघेको सामानहरु छुट्टै स्टोरमा राख्न निर्देशन दिएको छ भने अजिमा किराना पसलमा म्याद नाघेको सामानहरु निर्मित दालमोठ १ पाकेट, शिवशंखर दालमोठ २४ पाकेट, डाबर च्ववनप्रास १० पाकेट, वोर्नभिटा १ पाकेट, मिस्टर व्हाइत सोडा १ पाकेट जफत नष्ट गरि म्याद नाघेको सामानहरु समय समयमा चेक जाँच गरी छुट्टै राख्ने व्यवस्था गर्न र तराजु नापतौल विभागमा नविकरण गर्न र ५ केजिको ढक जफत गरी कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रहर किराना स्टोरमा म्याद नाघेको सामानहरु पापड ५२ पाकेट, मरिच १ केजि, वेसार १२ पाकेट, खुर्सानी ४ पाकेट जफत नष्ट गरि म्याद नाघेको सामानहरु समय समयमा चेक जाँच गरी छुट्टै राख्ने व्यवस्था गर्न र तराजु नापतौल विभागमा नविकरण गर्न र पसल दर्ता प्रमाण पत्र लिई कार्यालयमा उपस्थित हुन टोलीले निर्देशन दिएको छ भने बाराही मिट शपमा पसल व्यवस्थित गर्न निर्देशन दिएको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १३:४७