भक्तपुरः भक्तपुर नगरपालिका अनुगमन समितिले आज हाकुफोहितिदेखि सल्लाघारीसम्मको मासु पसल तथा बधस्थलहरु बजार अनुगमन गरेको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सात वटामा मासु पसल तथा बधस्थलहरुमा बजार अनुगमन गरेको हो ।

दशैंलाई लक्षित गरी मासु व्यवसायीहरुले जथाभावी मुल्य राखी उपभोक्ता ठग्ने र बासी कुहेको मासु विक्रि वितरण र बधस्थलहरु अधिकांश फोहर देखिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताए ।

अुनगमनमा अनुगमन टोलीले इन्द्रायणी मिटस सपमा पसल दर्ता प्रमाण पत्र नदेखाएकोले दर्ता प्रमाण पत्र लिई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ भने निजको पसलमा विग्रेको मासु ६ केजि ५०० ग्राम जफत गरी नष्ट गरिएको छ ।


। साथै ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न, मुल्य सुचि राख्न निर्देशन दिएको छ ।

राम सुन्दर धुख्वाको मासु पसल तीन दिन भित्र दर्ता गर्ने, व्यवस्थित गरी भुई भित्ता सफा गर्न मिल्ने गरी र्मावल वा टायल राख्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न, मुल्य सुचि राख्न अनुगमन टोलीले निर्देशन दिएको छ ।

त्यस्तै, अनुगमन टोलीले एभरेष्ट चिकेन पसलमा दर्ता प्रमाण पत्र नदेखाएकोले दर्ता प्रमाण पत्र लिई कार्यालयमा उपस्थित हुन निर्देशन दियो भने ढक तराजु नापतौल विभागमा नविकरण गर्न, सरसफाईमा ध्यान दिने र पसल राखको स्थानको भुई भित्ता सफा गर्न मिल्ने गरी र्मावल वा टायल राख्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न निर्देशन दिएको छ भने शायना मिट सपमा दर्ता नविकरण गर्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न, मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न निर्देशन दिएको छ ।

त्यस्तै अनुगमन टोलीले न्यू दि मनकामना मिट हाउसमा ढक तराजु नापतौल विभागमा नविकरण गर्न, फ्रिज सफा राख्न निर्देशन दिएको छ भने च्वङा गणश मिट सप विग्रेको हडी मासु ३ केजि जफत गरी नष्ट गरियो भने दर्ता नविकरण गर्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, सरसफाईमा ध्यान दिने र पसल राखको स्थानको भुई भित्ता सफा गर्न मिल्ने गरी र्मावल वा टायल राख्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न निर्देशन दिएको छ ।

बाराही मासु पसल दर्ता नविकरण गर्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, सरसफाईमा ध्यान दिने र ढक तराजु नापतौल विभागमा नविकरण गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज ३० शुक्रबार, १४:०३