भक्तपुरः भक्तपुर नगरपालिका अनुगमन समितिले तीन वटा मिनिमार्टको आज अनुगमन गरेको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मिनिमार्टको अनुगमन गरिएको हो ।

लकडाउन खुलेसँगै बजार भाउ महँगिएको र गुन्हीपुन्ही (गाईजात्रा) लाई लक्षित गरी क्वाटी सहित खाद्य पसल अनुगमन गरेकोमा खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र बिना नै जथाभावी लेवलिङ गरेको पाईएको संयोजक गोराले बताए ।

अनुगमनमा साकोठामा रहेको भक्तपुर मिनि मार्ट खुद्रा विक्रेतामा दर्ता गरिराखेकोले मिनि मार्टमा दर्ता गर्नुपर्ने, म्याद नाघेको सामानहरु अत्याधिक रुपमा रहेको जसमा स्ट्रवेरी च्यू ३ बट्टा, किसान टोमाटो सस् ३ वटा, क्लासिक ओइल ९ वटा, लेयर्स २० पाकेट, ओटास् ३ पाकेट, कर्नफ्लेक्स १ पाकेट, बोनजोर स्पाइस ५ पाकेट, टर्मेरिक पाउड १२ पाकेट, डाईजेस्टिभ विस्कुट १२ पाकेट जफत गरी नष्ट गरियो भने उक्त पसलमा पाकेजीङ सामानहरु गेडागुडी, दाल, चिउरा लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना लेवल राखेकोले अनुज्ञा पत्र लिई मात्र पाकेजि· सामानमा लेभल राख्न निर्देशन दिएको र तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन तराजु एक थान जफत गरिएको छ भने स्टाफहरुमा एप्रोन, माक्स, पञ्जा, श्यानिटाईजर सहितको कोभिड–१९ बाट सुरक्षित रहन सुझाब दिएको छ ।


त्यस्तै, च्याम्हासिंहमा रहेको नाइन स्टार सपिङ सेन्टरमा खुद्रा विक्रेतामा दर्ता गरिराखेकोले मिनि मार्टमा दर्ता गर्नुपर्ने, पाकेजिङ सामानहरु गेडागुडी, दाल, चिउरा लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना लेवल राखेकोले अनुज्ञा पत्र लिई मात्र पाकेजिङ सामानमा लेभल राख्न निर्देशन दिएको र म्याद नाघेको र विग्रेको सामानहरु थाइम १ बट्टा, केराउ १०.५०० केजि, मकै ५०.५०० केजि जफत गरि नष्ट गरियो भने स्टाफहरु र ग्राहकहरुमा एप्रोन, माक्स, पञ्जा, श्यानिटाईजर सहितको कोभिड–१९ बाट सुरक्षित रहन सुझाब दिएको छ ।

यसैगरी, नमस्ते किराना स्टोर दर्ता प्रमाण पत्र नदेखिएकोले दर्ता नभए तीन दिन भित्र दर्ता गर्न, पाकेजिङ सामानहरु गेडागुडी, दाल, चिउरा लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना लेवल राखेकोले अनुज्ञा पत्र लिई मात्र पाकेजि· सामानमा लेभल राख्न निर्देशन दिएको र प्याकेजिङ सामानमा तौल नपुग भएकोले तराजु एक थान जफत गरिएको कुरा वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।


प्रकाशित मितिः शनिबार, साउन १७, २०७७, १८:१८