भक्तपुरः भक्तपुर नगरपालिका अनुगमन समितिले सल्लाघारी र व्यासीमा मासु पसलहरुको आज अनुगमन गरेको छ ।

ती क्षेत्रका पसलहरुको समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा अनुगमन गरिएको हो ।

कोरोना भाइरस (कोभिड १९) महामारी विश्वमा फैलिरहेको बेला आमाको मुख हेर्ने र मातातिर्थ औंसि घरमै बसेर मनाउने निर्णय भएता पनि मानिसहरुलाई सजग गराएन भने बाहिर हुलमुल र भिडभाड हुने गरी मानिसहरु बाहिर आउन सक्ने भएकोले मासु पसलमा भिडभाड नहोउन भनि मासु पसल अनुगमन गरेको संयोजक राज कृष्ण गोराले जानकारी दिए ।

अनुगमन टोलीले आज न्यू दि मनकामना मीट सप, बाराही मासु पसल, शायना मिट सप, इन्द्रयणी मिट सप, सानो व्यासी मासु पसल, बालाखु गणेश कोल्ड स्टोर र एभरेष्ट चिकेन, च्व·गा गणेश मिट सपमा अनुगमन गरेको थियो ।


अनुगमनका क्रममा मासु पसल दर्ता नविकरण नगरेकोले दर्ता नविकरण गर्न, मासुको मनपरी मूल्य नलिन र मूल्य सूचि सबैले देख्ने गरी कुखुरा र राँगोको विभिन्न मासुको प्रकारको मुल्य सुचि राख्न र मनपरि मुल्य नलिन, माक्स, पञ्जा र सेतो एप्रोन प्रयोग गर्न, साइनवोर्ड राख्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र तराजु नापतौल विभागमा नविकरण गर्न र डिजिटल तराजु प्रयोग गर्न सुझाब दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताए ।


प्रकाशित मितिः बिहीबार, वैशाख ११, १३:१४