भक्तपुरः भक्तपुर नगरपालिका अनुगमन समितिले निषेधाज्ञामा बजार अनुगमन गरेको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज व्यासीमा ६ वटा पसलहरुको बजार अनुगमन गरेको हो ।

नगरपालिकाले कोभिड–१९ को महामारी फैलिएको बेला स्वास्थ्य मापदण्डका माक्स, पञ्जा, सानिटाईजर र सामाजिक दुरी अपनाई पसल सञ्चालन भए नभएको र खाद्यबस्तु सामानहरु कृतिम अभाव देखाई मुल्य बृद्धि र कालोबजारी नहोस् भने हेतुले बजार अनुगमन गरेको साथै पसल व्यवसायीहरुले तरकारीको मुल्यमा गिरावट आएको सुनाएको संयोजक गोराले बताए ।

अनुगमनका क्रममा सिलबन्दी मादक पदार्थ पसल नविकरण गर्नुपर्ने, मुल्य सुचि राख्नुपर्ने, म्याद नाघेको सामानहरु जम्बो स्प्राइट १ वटा, जम्बो कोकाकोला ७ वटा, जम्बो फाण्टा २ वटा, स्टिङ जुस १, बदामको जुस ३ वटा, लाक्मे फेस स्टाइल १ वटा जफत गरी नष्ट गरिएको छ ।


जमुना किराना पसल नविकरण गर्नुपर्ने, प्याकेजिङ्ग सामानको लागि खाद्यमा अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न, म्याद नाघेको सामानहरु प्रोमेग्रान्ट फ्रुट ड्रिंक्स ३ वटा, रियल जुस ११ वटा, रुचि जुस १ वटा, बि एन बि ध्यू ३ वटा, स्लाइस २ वटा, टोमाटो जुस ५ वटा, मोसरुम ३ वटा, सगुन तोरीको तेल हाप लिटरको २ वटा, कर्न चिप १२ पाकेट, मान्गो जुस ३ वटा, सनफ्लोर तेल १ वटा, ब्रिटानिया विट रुस ५ पाकेट, क्लिस सोडा १ पाकेट, वेलकम चिया १ पाकेट, खजुरी पफ २ पाकेट, टप विस्कुट ४ पाकेट जफत गरी नष्ट गरिएको छ भने उनको तराजु १ थान जफत गरी कार्यालयमा तीन दिन भित्र कार्यालय उपस्थित हुन निर्देशन दिएको छ ।

त्यस्तै, अनुगमन टोलीले लक्ष्मी किरान पसल नविकरण गर्ने, मुल्य सूचि राख्ने, प्याकेजिङ्ग सामानको लागि खाद्यमा अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न, खरिद र विक्रि बिल प्रयोग गर्न निर्देशन दिएको छ भने सुन्दर भेज स्टोर नविकरण गर्न र प्याकेजिङ्ग सामानको लागि खाद्यमा अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दिएको छ ।

टोलीले निरजको किराना पसल दर्ता गर्न, मुल्य सुचि राख्न, म्याद नाघेको सामानहरु कुरकुरे ५ पाकेट, क्विक्स ३ पाकेट, ह्यापि चिजबल २ पाकेट, हट्के झट्के चाउचाउ १ पाकेट, अल टाइम टोमाटो मच ११ पाकेट, पपकर्न २ पाकेट, वहा पपकर्न १ पाकेट, यो म्याजिक मसला क्रेकर २ पाकेट, मामा चिकेन भुजिया ६ पाकेट, कुरकुरे १ पाकेट, विग मिनि चाउचाउ ४१ पाकेट, शान्ति चेरी कुकिज ३ पाकेट, हिट्स चाउचाउ १ पाकेट जफत गरी नष्ट गरियो भने तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ भने अनिलाको किराना पसल नविकरण गर्न, मुल्य सुचि राख्न, प्याकेजिङ्ग सामानको लागि खाद्यमा अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए ।


प्रकाशित मितिः २०७८ साल वैशाख २० गते सोमबार, १३:०८