भक्तपुरः भक्तपुर नगरपालिका अनुगमन समितिले दशैंलाई मध्य नजर गरी बजार अनुगमन गरेको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा लान्चाफल्चा र कमलबिनायक क्षेत्र बाह्र वटा खाद्य पसलहरुमा बजार अनुगमन गरेको हो ।

नगरपालिकाले दशैंलाई मध्य नजर गरी म्याद नाघेको सामान र लेवल नभएको साथै जथाभावी मुल्य तोकी महंगी गरेकोले बजार अनुगमन गरेको संयोजक गोराले बताए ।

अनुगमन टोलीले सौजन्य स्टोर पसल भुकम्प पछिदेखि राखेका पसल अहिलेसम्म दर्ता नभएकोले तराजू एक थान जफत गरी कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरी पसलमा त्रिदेव ब्राण्डको तोरीको तेल उत्पादन र म्याद नाघ्ने मिति नभएको साथै खाद्य विभागबाट अनुज्ञापत्र लिई लेबल राखेको नदेखिएकोले एक लिटरको १० वटा र हाप लिटरको १८ वटा तोरीको तेल जफत गरिएको छ ।


। त्यस्तै केहि लेवल नभएको ध्यू ५०० ग्रामको ५ बट्टा र २०० ग्रामको १ बट्टा जफत गरीएको छ ।

त्यस्तै, टोलीले लाखे किराना स्टोरमा ढक तराजु नापतौल विभागमा नविकरण गर्न, प्याकेजिङ सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवर राखेर मात्र विक्रि वितरण गर्न, साइनबोर्ड राख्न, मुल्य सुचि राख्न, म्याद नाघेको सामान मेयेनन् ४ बट्टा, गोकुल ध्यु २ बट्टा, भेनेगार १ र चोको चकलेट १ बट्टा जफत गरी नष्ट गरिएको छ ।

राम गोपाल तरकारी किराना पसल तीन दिन भित्र नविकरण गर्न, ढक तराजू नापतौल विभागमा नविकरण गर्न, प्याकेजिङ सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवर राखेर मात्र विक्रि वितरण गर्न, म्याद नाघेको सामान मोसरुम सुप १ पाकेट, पाराम्बरी भाँडा माझ्ने १०२ पाकेट, सेतो मरिज सानो बट्टा ३२ वटा, ल्वाङ ४० बट्टा, सुकुमेल २ बट्टा, अपेक्षा सस् १ बोटल जफत गरी नष्ट गरिएको छ ।

त्यस्तै, टोलीले सचिन खाद्य स्टोर लेवलमा उत्पादन मिति र म्याद नाघेको मिति नभएको अबिर पहेलो ९५ पाकेट र रातो ६५ पाकेट जफत गरी पटक पटक भएकोले कार्यालयमा उपस्थित हुन तराजू १ थान समेत जफत गरिएको छ ।

टोलीले लवजु स्टोरमा पसल नविकरण गर्न, प्याकेजिङ सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवर राखेर मात्र विक्रि वितरण गर्न निर्देशन दिएको छ । एस एम स्टोर पसल नविकरण गर्न, प्याकेजिङ सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवर राखेर मात्र विक्रि वितरण गर्न, नियमित सरसफाई गर्न, म्याद नाघेको सामान रियल जुस २०० मिलिको २ वटा, ६०० मिलिको १ वटा जफत गरिएको छ ।

यसैगरी, माता दक्षिण काली स्टोर पसल तीन दिन भित्र दर्ता गर्न, म्याद नाघेको सामान रियल जुस १ लि.को ५ वटा, २५० मिलिको २ वटा, गोल्डेन विस्कुट १ पाकेट जफत गरेको छ । टोलीले मैनाली आलु प्याज भण्डार पसल तीन दिन भित्र नविकरण गर्न, मुल्य सुचि राख्न, खरिद विल र विक्री विलको व्यवस्था गर्न निर्देशन दिएको छ ।

टोलीले रामगोपाल किराना स्टोर पसल नियमित सरसफाई गर्न, म्याद नाघेको सामानहरु गरम मसला १८ पाकेट, बारा मसल १२ पाकेट, बेसार २४ पाकेट, जिरा १५ पाकेट, खुर्सानी २ पाकेट जफत गरी म्याद नाघेको सामान राख्ने अलग हुनु पर्ने र नगरपालिकामा उपस्थित हुन एक थान तराजु समेत जफत गरेको छ । त्यस्तै किराना(खुद्रा) पसलमा साइनवोर्ड राख्न, मुल्यसुचि राख्न, नियमित सरसफाई गर्न, म्याद नाघेको सामान राख्ने अलग व्यवस्था गर्न, प्याकेजिङ सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवर राखेर मात्र विक्रि वितरण गर्न निर्देशन दिएको छ ।

टोलीले महेश्वरी राइस मिलमा मुल्य सुचि राख्न, ढक तराजु नापतौल विभागमा नाविकरण गर्न, प्याकेजिङ सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवर राखेर मात्र विक्रि वितरण गर्न निर्देशन दिएको छ । त्यस्तै, सुनिम किराना पसल दर्ता नविकरण गर्न, म्याद नाघेको बस्तु नियमित रेखदेख गरी छुट्टै स्टोर गर्न, नियमित सरसफाई गर्न निर्देशन दिएको छ ।


प्रकाशित मितिः मंगलबार, असोज २०, २०७७, १९:३९