भक्तपुरः राष्ट्रिय नागरिक बिकास समाजले महिला नेतृ सरु बानियाँ सहित देशैभरिबाट ११ जना महिलालाई सम्मान गरेको छ ।

नारी दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी नेपाल महिला संघ भक्तपुरकी अध्यक्ष समेत रहेकी सामाजिक अभियन्ता बानियाँ सहितलाई सम्मान गरेको हो ।

बिगत ११ बर्षदेखि नारी दिवसको अवसर पारी बिभिन्न कार्यक्रम गर्दै आएको संस्थाले समाजमा बिभिन्न क्षेत्रमा योगदान दिँदै आएका बिशिष्ठ महिलालाई सम्मान गरेको हो ।

सम्मान प्राप्त गर्नेमा सञ्चारकर्मी बिमला भण्डारी, शोभा पाठक, सिता घिमिरे तिमिल्सिना, विश्व बौद्ध धर्म संघकी अध्यक्ष आनी भिमसुवा गुरुङ, छायाँ श्रेष्ठ, सजना नकर्मी, छटकुमारी भट्ट, अम्बिका के.सी., लोककुमारी श्रेष्ठ, सबिता न्यौपाने, रिता आचार्य लगायत रहेका छन् ।


महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले सम्मानित हुने व्यक्तित्वहरूलाई राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ प्रदान गरेकी थिइन् ।

सम्मानित व्यक्तिहरूलाई दुबोको माला र दोसल्ला सहित सम्मान पत्र हस्तान्त्रण गरिएको थियो ।

‘समान अधिकार–सम्मान अवसर, हिंसामूक्त समाज हामी सबैको सरोकार’ भन्ने मुल नारा लिएको संस्थाले बिभिन्न अवसर पारेर सन्देशमुलक कार्यक्रम गर्दै आएको छ । बाल शिक्षा, शान्ती र्‍याली, रक्तदान कार्यक्रम स्वास्थ्य शिविर बिपन्न तथा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण जस्ता काम निरन्तर गर्दै आएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २३ गते आइतबार, १३:५५