भक्तपुरः चाँगुनारायण नगरपालिका—२ दुवाकोट मोडस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली घर भई हाल भक्तपुर व्यासी बस्ने नविन कुमार खत्री रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

उक्त स्थानमा सल्लाघारीबाट दुवाकोटतर्फ जाँदै गरेको बा ३ च ६४२६ नम्बरको कार जाँच गर्ने क्रममा खत्रीले आवश्यक कागजात नभएका कारण प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।


प्रकाशित मितिः आइतबार, पुस ६, १४:५३