भक्तपुरः भक्तपुर सिपाडोलमा २२ महिले बालक सहित एकै परिवारका तीन जनामा कोरोना भाईरस संक्रमण देखिएको छ ।

भक्तपुर सिपाडोल घर भएका प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरी जवानलाई गत श्रावण १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शनिवार भने ती प्रहरीकी २८ वर्षीया श्रीमती र २२ महिने बालकलाई समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजार जानकारी दिए ।

आमा र बालकलाई उनै प्रहरी जवानवाट कोरोना सरेको हुन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख मिजारले बताए ।

बालकको हात भाचिएपछि उपचारको लागि सिद्धीस्मृती अस्पताल लगेकोमा थप उपचारको लागि भक्तपुर सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पताल लगेको थियो ।


। उपचार अघि आमा र बालक दुवैको स्वाब परीक्षणका लागि पठाइएको थियो । उनीहरुको रिपोर्टमा पोजेटिभ आएको थियो । संक्रमित आमा र बालक दुईलाई थप उपचारको लागि काठमाडौंको नेपाल प्रहरी अस्पताल लगिएको प्रमुख मिजारले बताए ।

प्रहरी जवानको भने भक्तपुरको दुवाकोटमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेका उनले बताए ।

उपचारमा संलग्न डा.इवामुरा मेमोरियल अस्पतालका १० कर्मचारी र ३ जना चिकित्सकलाई आइसोलेशनमा राखिएको अस्पतालका व्यवस्थापक रंजित मारिखुले जानकारी दिए ।


प्रकाशित मितिः आइतबार, साउन २५, २०७७, १३:२३