भक्तपुरः भक्तपुरको सूर्यविनायकबाट जिउँदो कछुवासहित पाँच पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापका २९ वर्षीय नैन बहादुर आले मगर, ३३ वर्षीय छेवाङ लामा, २७ वर्षीय राजकुमार घिसिङ, २९ वर्षीय दावा लामा र गोर्खाका २४ वर्षीय सुजन उपरकोटी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाको टोलीले कछुवाको विक्री गर्न खोज्ने पाँच जनालाई आइतबार साँझ पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

कछुवा विक्रीवितरण गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको उनले बताए ।

उनीहरुबाट प्रहरीले एक जीवित कछुवा समेत बरामद गरेको छ ।


थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले जिल्ला वन कार्यालय भक्तपुर पठाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १७ सोमबार, १६:५७