काठमाडौंः खोटाङ मझुवागढी नगरपालिका—५ कटुवाल टोलमा एक युवाले नाता पर्ने काकामाथि खुकुरी प्रहार गरेका छन् ।

२५ वर्षीय दिनेश कटवालले काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवालमाथि खुकुरी प्रहार गरेका हुन् ।

मादक पदार्थ सेवन गरी घरायसी विवादको कारण दिनेशले काका नाता पर्ने बालारामलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते बालारामको जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भइरहेको छ । भने खुकुरी प्रहार गर्ने दिनेशलाई प्रहरीले मंगलबार राति नै पक्राउ गरेको छ

 


प्रकाशित मितिः बुधबार, भदौ २५, १५:२९